शब्दकोश प्रविष्टि
सार्नु
स.क्रि.प्रे.क्रि.
एक ठाउँबाट अर्को ठाउँमा लैजानु; स्थानपरिवर्तन गर्नु ।
ग्रन्थ, लेख, प्रबन्ध आदि जस्ताको तस्तै अर्को प्रतिमा लेख्नु; प्रतिलिपि निकाल्नु ।
एक जिउबाट अर्को जिउमा कीटाणु, रोग आदि सल्काउनु; सरुवा रोग अरूछेउ पुर्याउनु ।
हटाउनु ।
सानाठुला गेडा वा कसिङ्गर छुट्ट्याउन एक किसिमको चालले नाङ्लो चलाउनु; निफन्नु ।
व्युत्पत्ति
[सं. सारण+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-056419- मुद्रित पृष्ठ
- 1267