शब्दकोश प्रविष्टि

सम्मोह

ना.
  1. रोग, भय, शोक आदिबाट निश्चेष्ट भएको अवस्था; मूर्च्छा; बेहोसी ।

  2. के गर्ने, के नगर्ने भन्ने कुराको ज्ञान नभएको अवस्था; अज्ञानावस्था ।

  3. अज्ञान ।

  4. आत्तिने क्रिया; अत्यास ।

  5. वशीकरण ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-055404
मुद्रित पृष्ठ
1243