शब्दकोश प्रविष्टि
समानान्तर
वि.
दुवै कोण वा छेउ बराबरीको फरकमा रहेको; समान्तर ।
रूप, स्थिति, गुण आदिका दृष्टिले समान भएको; बराबरीको; समस्तरीय ।
केही कुरामा समान भए पनि केही कुरामा भिन्न पनि रहेको; प्रतियोगी ।
पहिले समान स्रोत, इतिहास, ध्येय आदि भए पनि पछि टुक्रिई वा फाटी मूल संस्था, धारा आदिको प्रतिरूपमा आएको (संस्था) ।
कुनै व्यक्ति वा कुराको विकल्पका रूपमा पेस भएको वा उभिएको ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-055147- मुद्रित पृष्ठ
- 1236