शब्दकोश प्रविष्टि

सत्य

वि.ना.
  1. जस्तो हुनुपर्छ त्यस्तै वा सन्देह नभएको; साँचो; सच्चा; वास्तविक; यथार्थ ।

  2. पत्याउन सकिने; विश्वस्त; इमान्दार ।

  3. सद्गुणसम्पन्न; धर्मात्मा । ना.

  4. सत्य, त्रेता, द्वापर र कलि चार युगमध्ये पहिलो युग ।

  5. पुराणअनुसार पृथ्वीउँभोको सात लोकमध्ये सबभन्दा माथिल्लो लोक ।

  6. वास्तविक वा प्रामाणिक सिद्धान्त ।

  7. साँचो कुरो वा स्थिति; यथार्थता; साँचोपन ।

  8. कुनै कुरो पूरा गर्न बोलिने वचन; कबुल; प्रतिज्ञा ।

  9. कसैलाई विश्वस्त पार्न किरिया हाल्दा व्यक्त हुने शब्द; सत्ते ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-054636
मुद्रित पृष्ठ
1224