शब्दकोश प्रविष्टि

सङ्घर्ष

ना.
  1. दुई वा त्यसभन्दा बढी व्यक्ति, दल वा शक्ति बिचमा हुने स्पर्धा; टक्कर ।

  2. कुनै विकट परिस्थितिबाट बच्न वा मौलिक हकको संरक्षणका निम्ति गरिने सामूहिक विद्रोहको प्रयास ।

  3. रगडिने वा घोटिने काम ।

  4. भिडिने काम; घम्साघम्सी; भिडन्त ।

  5. परस्परको हानथाप वा होड; प्रतियोगिता ।

  6. दुई थरीका बिचको पेलाइ; ठेलमठेल ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-054376
मुद्रित पृष्ठ
1218