शब्दकोश प्रविष्टि
संस्थापक
ना.
आफ्नो धन अर्पण गरी देवालय, विद्यालय, औषधालय, पुस्तकालय आदि सार्वजनिक महत्त्वका कार्य गर्ने वा कुनै सभा, सङ्गठन, संस्था आदिको प्रथम स्थापना गर्ने व्यक्ति ।
कुनै नयाँ काम, मत, सम्प्रदाय आदिको उठान गर्ने वा प्रवर्तन गर्ने व्यक्ति; प्रवर्तक ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-054102- मुद्रित पृष्ठ
- 1211–1212