शब्दकोश प्रविष्टि

श्रद्धा

ना.
  1. देखिएको वा नदेखिएको कुनै पनि आदर्श गुण, विशिष्ट कुरा, महत्त्व, शक्ति आदिबाट मन प्रभावित भई तिनका प्रति उत्पन्न हुने आदरपूर्ण भावना; ईश्वर, धर्म आदि र आफ्ना पूज्य तथा मान्यजनप्रतिको सद्भाव; आस्था; निष्ठा; विश्वास; भक्तिभाव ।

  2. उत्कट वा प्रबल इच्छा; चाहना; सर्धाइँ (विशेषतः गर्भिणी स्त्रीको) ।

  3. वैवस्वत मनुकी पत्नी ।

  4. अत्रि ऋषिकी पत्नी ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-053683
मुद्रित पृष्ठ
1199–1200