शब्दकोश प्रविष्टि

विन्ध्यवासिनी

ना.
  1. विन्ध्याचल पर्वतकी अधिष्ठात्री देवी ।

  2. पश्चिम नेपालको कास्की जिल्लाअन्तर्गत पोखरामा रहेकी एक प्रसिद्ध देवी; तिनै देवीको मन्दिर । (उहिले राजाबाट कास्कीकोटमा स्थापना गर्न विन्ध्याचलबाट ल्याइएकी यी देवीलाई पोखरामा बिसाइएको र त्यहाँबाट उचाल्न नसकी बिसाइएकै ठाउँमा स्थापित गरिएको हो भन्ने किंवदन्ती छ) ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-051875
मुद्रित पृष्ठ
1156