शब्दकोश प्रविष्टि

लोकतो

ना.वि.
  1. जुइनाको रूपमा प्रयोग हुन सक्ने पाट आदिको त्यान्द्रोसहितको बोक्रो; कागते पाट ।

  2. पाट, बोक्रो, छाला आदिबाट बनेको नाम्लाको पातो जस्तै लामो धरो वा डोरी ।

  3. नेपाली कागत बनाउने एक प्रकारको घाँस । वि.

  4. सुनेको नसुन्यै गरी वा भनेको नटेरी बसिरहने; चाम्रो ।

व्युत्पत्ति

[सं. लक्तक]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-050347
मुद्रित पृष्ठ
1121