शब्दकोश प्रविष्टि
लार्के
ना.वि.
नेपालको पश्चिमाञ्चल विकास– क्षेत्रअन्तर्गत गण्डकी अञ्चलमा पर्ने एक हिमाल वा त्यहाँको घाटी । (हिउँ पग्लेको बेला यहाँबाट भोटतर्फ आवतजावत गर्ने गरिन्छ) ।
भाले ढुकुर ।
कुनै काममा गौण रूपले संलग्न हुने मानिस; मतियार । वि.
पुच्छर लागेर हिँड्ने वा एक ठाउँको कुरो अर्को ठाउँमा पुर्याएर फाटो पार्ने ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-049797- मुद्रित पृष्ठ
- 1110