शब्दकोश प्रविष्टि

लाभांश

ना.
  1. व्यापार वा संस्थान आदिको हिस्सेदारका रूपमा लगाइएको धनबाट भएको अतिरिक्त आम्दानी; लाभको अंश ।

  2. सुविधाका लागि कम्पनीद्वारा भुक्तान गरिने प्रतिफल वा प्रिमियम ।

  3. कार्यक्षमता वा अतिरिक्त कार्यको उत्साहस्वरूप श्रमिक आदिलाई दिइने अतिरिक्त नगदी उपहार ।

  4. कम्पनी वा यस्तै कुनै संस्थाले बढी लाभ गरेपछि सेयरवालालाई निर्धारित रकमभन्दा बढी दिइने आनुपातिक रकम; बोनस ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-049757
मुद्रित पृष्ठ
1109