शब्दकोश प्रविष्टि

लाभ

ना.
  1. कुनै वस्तु उपलब्ध हुने वा पाउने काम; प्राप्ति; उपलब्धि; फाइदा ।

  2. वाणिज्यव्यवसाय वा उत्पादनबाट लागत खर्च कटाई बढी हुने आम्दानी; मुनाफा; नाफा ।

  3. उद्योगव्यवसायअन्तर्गत उद्योगपति वा उत्पादनका स्वामीहरूसँग एकत्रित हुने श्रमिकहरूको श्रमको मूल्य ।

  4. प्रत्यक्ष ज्ञान; जानकारी ।

  5. भलाइ; उपकार ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-049752
मुद्रित पृष्ठ
1109