शब्दकोश प्रविष्टि

लय

ना.
  1. एक वस्तु अर्का वस्तुमा चिन्न र छुट्ट्याउन नसकिने किसिमले मिलेको अवस्था; मिलान; विलय ।

  2. गहन एकाग्रता; मनको लीनता; तल्लीनता ।

  3. सृष्टिको अन्तमा हुने महानाश; विनाश; विघटन; प्रलय ।

  4. प्रच्छन्नता; अदृश्यता; अदर्शन ।

  5. सङ्गीतमा स्वरको आरोह र अवरोहको विशेष तीन क्रम (विलम्बित, मध्य र प्लुत) ।

  6. विश्रामस्थल; आवास; निवास ।

  7. आलिङ्गन ।

  8. आराम ।

  9. कुनै काम जान्नका लागि चाहिने तन्मयता; लयो ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-049411
मुद्रित पृष्ठ
1102