शब्दकोश प्रविष्टि
रकम
ना.
धन; सम्पत्ति; पैसा ।
कागजी औपचारिकता मिलाउने काम; व्यवहारको बन्दोबस्त; स्याहास्रेस्ता ।
प्रकार; भाँती; तरिका ।
जग्गा, पसल, उद्योग, ठेक्कापट्टा आदिको दैदस्तुर; कर; शुल्क ।
घरायसी कामका निमित्त जागिरदारले पाउने बिदा; कर्मचारीले पाउने घरबिदा ।
राजस्वबापत लाग्ने कर; शुल्क ।
विशेष अवसरमा सरकारले जनताबाट उठाउने श्रम; झार्लाङ्गी; झारा ।
व्युत्पत्ति
[अ.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-047088- मुद्रित पृष्ठ
- 1052