शब्दकोश प्रविष्टि
योगिनी
योगाभ्यास गर्ने नारी; जोगिनी; तपस्वी नारी ।
काठमाडौँ उपत्यकामा रहेका चार देवी (वज्रयोगिनी, ब्रमयोगिनी, नीलतारा योगिनी र विजयेश्वरी योगिनी) मध्ये कुनै एक ।
भगवतीका नारायणी, गौरी, शाकम्भरी लगायत चौँसट्ठी सहचारीमध्ये कुनै एक ।
आषाढ कृष्णपक्षको एकादशी ।
रणपिशाचिनी; रणचण्डी ।
अष्टदेवी (शैलपुत्री, ब्रमचारिणी, चन्द्रघण्टा, स्कन्दमाता, कुष्माण्डी, कालरात्रि, कात्यायनी र महागौरी) ।
ज्योतिषशास्त्रअनुसार विशेष तिथिमा विशेष दिशामा रहने देवी; दिङ्माता (ब्रामी, माहेश्वरी, कौमारी, वैष्णवी, वाराही, इन्द्राणी, चामुण्डा र महालक्ष्मी) ।
तिथिका आधारमा पूर्व आदि दिशामा निवास गर्ने (नारीहरूले यात्रा गर्दा बार्नुपर्ने तथा सामुन्ने र दायाँ पर्दा अनिष्ट फल दिने) कालयोगिनी ।
जन्म नक्षत्रमा तीनको अङ्क जोडेर आठले शेष गर्दा रहने अङ्कका आधारमा क्रमशः मङ्गला, पिङ्गला, धान्या, भ्रामरी, भद्रिका, उल्का, सिद्धा, सङ्कटा गरी आठवटा योगिनी; सूर्यादि ग्रहका पत्नीका रूपमा मानिने दशा (सूर्यपिङ्गला, चन्द्रमङ्गला, भौमभ्रामरी, बुधभद्रिका, गुरुधान्या, शुक्रसिद्धा, शनिउल्का र राहुसङ्कटा) ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-046994- मुद्रित पृष्ठ
- 1050