शब्दकोश प्रविष्टि

युग

ना.
  1. जुनसुकै दुईवटा वस्तुको समूह; जोडा; युग्म ।

  2. लोकसंस्कारअनुसार बाह्र वर्षको समयावधि ।

  3. रथ, हलो, गाडी आदिमा नारिने गोरुका काँधमा लगाइने जुवा ।

  4. पौराणिक कालविभाजनअनुसार सत्य, त्रेता, द्वापर र कलिमध्ये कुनै एक ।

  5. समय; बेलाबखत; जमाना ।

  6. इतिहासमा कुनै महत्त्वपूर्ण घटना, कार्य, व्यक्ति आदिद्वारा प्रभावित एवं संज्ञित कालावधि (जस्तै- पौराणिक युग, पाषाणयुग, शाहयुग इ.) ।

  7. वास्तु तथा मूर्तिकलामा चार इन्च बराबरको नापो ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-046902
मुद्रित पृष्ठ
1048