शब्दकोश प्रविष्टि
मुख
ना.
ना. [सं. ] १. प्राणीहरूको खाने तथा बोल्ने अवयव । २. चेहरा; अनुहार; आनन; मुहार । ३. थुतुनो; चुच्चो । ४. कुनै वस्तुको अग्रभाग; मोहडा । ५. मुहान; उद्गमस्थान; दिशा । ६. ढोका; द्वार । ७. आरम्भ; सुरु; थालनी । ८. प्रस्तावना । ९. मुख्य; प्रधान; प्रमुख । १० नाटकमा पाँच सन्धिमध्ये एक । ११. वेद; श्रुति ।
व्युत्पत्ति
[सं. ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-045609- मुद्रित पृष्ठ
- 1020