शब्दकोश प्रविष्टि
मिच्नु
स.क्रि.
शरीरमा हातले धेरै थिचेर तथा दलेर माड्नु; मल्नु; दाब्नु ।
थिचोमिचो गर्नु; दमन गर्नु; दबाउनु ।
बेअदबी गर्नु; नटेर्नु; नमान्नु ।
साँधसीमाको उल्लङ्घन वा अतिक्रमण गर्नु; गिजोल्नु ।
व्युत्पत्ति
[सं. मर्दन+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-045308- मुद्रित पृष्ठ
- 1014