शब्दकोश प्रविष्टि

मास्नु

स.क्रि.
  1. खर्च गर्नु; व्यय गर्नु; समाप्त पार्नु; सिद्ध्याउनु ।

  2. ठुलो माल बिगारी सानो माल बनाउनु (जस्तो- फाली मासी करुवा/सियो) ।

  3. सटही गर्नु; भजाउनु; साट्नु ।

  4. दास बनाउनु; कमारो तुल्याउनु ।

  5. निर्मूल पार्नु; नाश गर्नु; मार्नु ।

व्युत्पत्ति

[सं. मृष्+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-045265
मुद्रित पृष्ठ
1013