शब्दकोश प्रविष्टि

मादल

ना.
  1. रोटेपिङको दुई खाँबाका बिचमा रहने बलो ।

  2. धुरा वा धुरी पस्ने रथ, बग्गी वा गोरुगाडाका पहियाका बिचको अवयव; नाउ ।

  3. दाहिनेतिर साँगुरो र देब्रेतिर केही ठुलो मुख भएको, तेर्सो पारेर कम्मरमा भिरी नाङ्गो हातले बजाइने छालाका खरीसहितको नेपालको अति लोकप्रिय तालबाजा ।

व्युत्पत्ति

[सं. मर्दल]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-044972
मुद्रित पृष्ठ
1006