शब्दकोश प्रविष्टि
माटो
ना.
जमिनको माथिल्लो भागमा पाइने, ढुङ्गो, बालुवा, पानी, खनिज पदार्थ आदि बाहेकको, बोटबिरुवा, बालीनाली आदि उम्रने, जीवजन्तु आदि बस्ने र हिँड्ने, भाँडाकुँडा आदि बनाउने काममा प्रयोग हुने, लेउ, सडेपडेका वस्तु आदि मिलेर बनेको उर्वर, बुरबुराउँदो तथा कमलो, गन्धयुक्त वस्तु; मट्टी; माटी ।
खेतबारी; जमिन; जग्गा ।
व्युत्पत्ति
[प्रा. मिट्टीआ < सं. मृत्तिका]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-044899- मुद्रित पृष्ठ
- 1005