शब्दकोश प्रविष्टि

मन्त्र

ना.
  1. सल्लाह; मन्त्रणा; परामर्श ।

  2. गुप्ती कुरो; गोप्य वार्ता; भित्री रहस्य ।

  3. वेदको ऋचा; संहिता ।

  4. देवदेवीबाट असाधारण शक्ति प्राप्त गर्न जपिने शब्द वा वाक्य ।

  5. टुन्याहा, बोक्सी, भूतप्रेत आदिको लागो वा नराम्रो असर शान्त गर्न र सर्प बिच्छी आदिको विष झार्न झारफुकेले प्रयोग गर्ने शब्दसमूह; लागोभागो हटाउन झारफुक गर्दा उच्चारण गरिने वचन ।

व्युत्पत्ति

[सं. ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-044160
मुद्रित पृष्ठ
989