शब्दकोश प्रविष्टि
मधु
ना.वि.
माहुरीले चाकामा जम्मा गरेको गुलियो पदार्थ; मह ।
फूलका कलिकामा जमेर बस्ने र भँवरा, माहुरी आदिले चुस्ने गुलियो रस; पुष्परस; मकरन्द ।
मदिरा ।
चैत–वैशाख; वसन्त ऋतु ।
पानी; जल ।
मदिरा बनाउने काममा प्रयोग हुने टपजस्तो आकारका फूल फुल्ने एक वृक्ष; महुवा ।
पुराणअनुसार विष्णुका कानेगुजीबाट उत्पन्न भएका र विष्णुले आफ्नै जाँघमा राखेर मारेका मधु र कैटभ नामक दुई राक्षसमध्ये एक ।
औषधीमा प्रयोग गरिने,सानो नली भएको, गुलियो स्वाद हुने लेकाली बुटी; जेठीमधु ।
अमृत । वि.
मिठो; मधुर; गुलियो ।
व्युत्पत्ति
[सं. ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-043884- मुद्रित पृष्ठ
- 983