शब्दकोश प्रविष्टि

भावना

ना.
  1. अनुभव, स्मृति आदिबाट पैदा हुने मनोभाव; मनमा उत्पन्न हुने कुनै कल्पना, भाव वा विचार ।

  2. ध्यान; चिन्तन ।

  3. कुनै देव वा पूज्य व्यक्तिप्रतिको श्रद्धा; आस्था ।

  4. प्रेम; अनुराग ।

  5. कुनै औषधी आदि अर्को कुनै तरल पदार्थमा मिलाई सो तरल पदार्थको केही सुगन्ध औषधीमा पनि आउने गरी खलमा घोट्ने काम; पुट ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-042458
मुद्रित पृष्ठ
952