शब्दकोश प्रविष्टि

भर्नु

स.क्रि.
  1. अन्नपात आदि मानापाथी, डालाडाली, भाँडाकुँडा आदिमा हालेर निम्ठो वा झुसी पार्नु ।

  2. रित्ता ठाउँमा कुनै वस्तु हालेर पुर्नु; टन्न पार्नु (जस्तो- खाल्डो भर्नु, जग भर्नु इ.) ।

  3. कुनै वस्तुको न्यूनता वा नपुग हिसाब आदि पूरा गर्नु; क्षतिपूर्तिगर्नु; सट्टा हाल्नु ।

  4. कसैलाई भरणपोषणका निम्ति नियमित रूपमा खर्च, भत्ता आदि दिनु (जस्तो- खर्च भर्नु, मानाचामल भर्नु इ.) ।

  5. किसानले तल्सिङलाई दिनुपर्ने कुत आदिको अन्न दिनु; बाली तिर्नु ।

  6. बन्दुक, तोप आदिमा बारुद, गोली आदि हाल्नु ।

  7. लुगा, काठ आदिमा नानावली चित्र बनाउनु (जस्तो- बुट्टा भर्नु, रफ्फु भर्नु इ.) ।

  8. भरी पार्नु वा जम्मा गर्नु (जस्तो- पानी भर्नु, हाट भर्नु, खल्ती भर्नु, घर भर्नु इ.) ।

व्युत्पत्ति

[सं. भरण+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-042000
मुद्रित पृष्ठ
942