शब्दकोश प्रविष्टि

बलि

ना.
  1. देवदेवतालाई अर्पिने भोग्य वस्तु; नैवेद्य ।

  2. देवतालाई भोग दिइने पशुपन्छी ।

  3. भोजन गर्नुभन्दा पहिले देवपितृका उद्देश्यले चढाइने अन्न; औसानी ।

  4. पूजा, होम आदिमा क्षेत्रपाललाई चढाइने अन्न ।

  5. पञ्च–महायज्ञमध्ये एक भूतयज्ञ ।

  6. भूमिकर; मालपोत ।

  7. पेटको लुँदाका बिचको रेखा ।

  8. पुराणप्रसिद्ध दानी दैत्य राजा ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-039543
मुद्रित पृष्ठ
892