शब्दकोश प्रविष्टि
बत्तिस लक्षण
ना. विशिष्ट व्यक्तिहरूका शरीर तथा स्वभावमा हुने भनी प्रसिद्ध बत्तिसवटा शुभ लक्षण ।[(१) पद्मासनमा बस्ता वृत्ताकार आसन हुनु । (२) औँला लामालामा हुनु । (३) औँलाका कापमा छालाविशेष बढ्ता र औँला जोड्दा टम्म मिल्ने हुनु । (४) छाला नरम हुनु र वृद्धावस्थामा पनि युवाको जस्तो श्री हुनु । (५) सात प्रकारले शरीर सुवासित हुनु । (६) हरिणका जस्ता फिला हुनु । (७) गुप्ताङ्गहरू हात्तीका अण्डकोष जस्तै गुप्त रहनु । (८) शरीरको माथिल्लो भाग सिंहको जस्तै सलक्क परेको हुनु । (९) शरीरका विभिन्न अङ्ग सुगठित रहनु । (१०) काँध पुष्ट, चौडा र गोल हुनु । (११) पाखुरा राम्ररी फर्कने र तलसम्म पुग्ने हुनु । (१२) पाखुरा लामा हुनु । (१३) सम्पूर्ण शरीर तेजोमय वृत्तले युक्त हुनु । (१४) शङ्खसमान घाँटी हुनु । (१५) सोझो र सिंहको जस्तो चिउँडो हुनु । (१६) बत्तिस दाँत हुनु । (१७) उज्ज्वल र छिद्र नभएका दन्तपङ्क्ति हुनु । (१८) स्वच्छ र परस्परमा मिलेका दाँत हुनु । (१९) बङ्गरा स्वच्छ र सुन्दर हुनु (२०) जिब्रो लामो हुनु । (२१) विभिन्न सूक्ष्मातिसूक्ष्म स्वाद लिने शक्ति हुनु । (२२) भँगेराको जस्तो स्वर हुनु । (२३) ब्रमाको जस्तो मौलिक र ज्ञानपूर्णवाणी हुनु । (२४) आँखीभौँ साँढेका जस्ता र नीलकमलका रङका हुनु । (२५) दुई आँखीभौँका बिच कोमल रोमरेखा हुनु । (२६) पगरीजस्तो मिलेको र राम्रो कपाल हुनु । (२७) शुद्ध सुनजस्तो प्रदीप्त शरीर हुनु । (२८) प्रबल व्यक्तित्व हुनु । (२९) शरीरमा धेरै र परस्पर टाँसिएका नरम र दाहिनेतिर घुमेका रौँहुनु । (३०) नीलमणिजस्तो कालो र टल्कने केश हुनु । (३१) न्यग्रोध परिमण्डल हुनु र (३२) विष्णुको जस्तो दृढ स्वभाव हुनु ]
व्युत्पत्ति
[(१) पद्मासनमा बस्ता वृत्ताकार आसन हुनु । (२) औँला लामालामा हुनु । (३) औँलाका कापमा छालाविशेष बढ्ता र औँला जोड्दा टम्म मिल्ने हुनु । (४) छाला नरम हुनु र वृद्धावस्थामा पनि युवाको जस्तो श्री हुनु । (५) सात प्रकारले शरीर सुवासित हुनु । (६) हरिणका जस्ता फिला हुनु । (७) गुप्ताङ्गहरू हात्तीका अण्डकोष जस्तै गुप्त रहनु । (८) शरीरको माथिल्लो भाग सिंहको जस्तै सलक्क परेको हुनु । (९) शरीरका विभिन्न अङ्ग सुगठित रहनु । (१०) काँध पुष्ट, चौडा र गोल हुनु । (११) पाखुरा राम्ररी फर्कने र तलसम्म पुग्ने हुनु । (१२) पाखुरा लामा हुनु । (१३) सम्पूर्ण शरीर तेजोमय वृत्तले युक्त हुनु । (१४) शङ्खसमान घाँटी हुनु । (१५) सोझो र सिंहको जस्तो चिउँडो हुनु । (१६) बत्तिस दाँत हुनु । (१७) उज्ज्वल र छिद्र नभएका दन्तपङ्क्ति हुनु । (१८) स्वच्छ र परस्परमा मिलेका दाँत हुनु । (१९) बङ्गरा स्वच्छ र सुन्दर हुनु (२०) जिब्रो लामो हुनु । (२१) विभिन्न सूक्ष्मातिसूक्ष्म स्वाद लिने शक्ति हुनु । (२२) भँगेराको जस्तो स्वर हुनु । (२३) ब्रमाको जस्तो मौलिक र ज्ञानपूर्णवाणी हुनु । (२४) आँखीभौँ साँढेका जस्ता र नीलकमलका रङका हुनु । (२५) दुई आँखीभौँका बिच कोमल रोमरेखा हुनु । (२६) पगरीजस्तो मिलेको र राम्रो कपाल हुनु । (२७) शुद्ध सुनजस्तो प्रदीप्त शरीर हुनु । (२८) प्रबल व्यक्तित्व हुनु । (२९) शरीरमा धेरै र परस्पर टाँसिएका नरम र दाहिनेतिर घुमेका रौँहुनु । (३०) नीलमणिजस्तो कालो र टल्कने केश हुनु । (३१) न्यग्रोध परिमण्डल हुनु र (३२) विष्णुको जस्तो दृढ स्वभाव हुनु ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-038994- मुद्रित पृष्ठ
- 881