शब्दकोश प्रविष्टि
फेर्नु
स.क्रि.
कुनै एकसँग अर्को साट्नु वा बदल्नु; सट्टापट्टा गर्नु; परिवर्तन गर्नु ।
उल्टो पार्नु; उल्टाउनु ।
बदला लिनु; साटो फेर्नु ।
जपमाला घुमाउनु ।
घोडा आदिलाई मण्डलाकार गतिमा घुमाउनु; कावा खुवाउनु ।
दिसा– पिसाब त्याग गर्नु; मलमूत्रादि छाड्नु ।
व्युत्पत्ति
[प्रा. फेर+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-038357- मुद्रित पृष्ठ
- 867–868