शब्दकोश प्रविष्टि
प्रस्तुत
वि.
कुनै कार्यविशेषका निम्ति तयार रहेको; उद्यत ।
कुनै विचार, विमर्श, स्वीकृति वा कामका निम्ति पेस गरिएको; प्रस्तावित ।
कुनै व्यक्ति, वस्तु वा विषयलाई उपस्थित गरिएको; हाजिर गराइएको ।
तयार पारिएको; ठिक्क पारिएको; रिटिक्क ।
भनिएको; कथित; उक्त ।
स्तुति गरिएको; प्रशंसा गरिएको; प्रशंसित ।
चर्चा उठाइएको वा चलाइएको; प्रासङ्गिक; सान्दर्भिक ।
सुरु गरिएको; थालिएको; आरब्ध ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-036972- मुद्रित पृष्ठ
- 835