शब्दकोश प्रविष्टि

प्रस्तार

ना.
  1. व्यापक रूपमा चारैतिर फैलाउने काम; चारैतिर फिँजाउने क्रिया ।

  2. राम्ररी ढाक्ने वस्तु; ढकना; झापन ।

  3. फूलपात आदिको शय्या ।

  4. बिछ्याउना; ओछ्यान; प्रस्तर ।

  5. मैदान; समतल भूमि ।

  6. छन्दशास्त्रअनुसार छन्दको भेद, सङ्ख्या र रूप थाहा पाउने एक क्रिया ।

  7. वाक्यको लय (इन्टोनेसन) ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-036966
मुद्रित पृष्ठ
835