शब्दकोश प्रविष्टि

प्रभु

ना.सर्व
  1. सबैले आदरसम्मान गर्नुपर्ने व्यक्ति; मालिक; स्वामी ।

  2. सर्वशक्तिसम्पन्न अधिकारी; अधिपति; शासक ।

  3. ईश्वर; परमात्मा ।

  4. विष्णु ।

  5. शिव ।

  6. राजा, स्वामी, देवता एवं श्रेष्ठ पुरुषलाई गरिने आदरार्थीसम्बोधन ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-036660
मुद्रित पृष्ठ
827