शब्दकोश प्रविष्टि
प्रदर्शन
ना.
बाटो आदि देखाउने काम; मार्गनिर्देशन; भेगियारी ।
रङ्गमञ्चमा नाटक आदि देखाउने काम वा देखाउने उद्देश्यले अभिनयादि गर्ने काम ।
कुनै समस्याप्रति जनताको समर्थन वा सहानुभूति प्राप्त गर्न वा सरकारको दृष्टि आकर्षित गर्न सो समस्यासँग सम्बन्धित व्यक्तिहरूको जुलुस, नारा आदिद्वारा असन्तोष वा आफ्नो विचार प्रकट गर्ने काम; सामूहिक रूपमा कुनै विषयमा असन्तोष व्यक्त गर्ने काम ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-036552- मुद्रित पृष्ठ
- 824