शब्दकोश प्रविष्टि
प्रत्याख्यान
ना.
कसैको कुनै सिद्धान्त वा विचारमा देखापरेको भ्रमपूर्ण कुराको खण्डन; निराकरण ।
कसैले लगाएको आरोप वा आक्षेपको अस्वीकृति; नामन्जुरी ।
विरोध ।
कथा, उपन्यास आदिमा कथातत्त्व को अभाव हुनुपर्छ भन्ने एक परिपाटी र उक्त परिपाटीका अनुयायीहरूको कृति; अकथा वा अउपन्यास ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-036507- मुद्रित पृष्ठ
- 823