शब्दकोश प्रविष्टि
प्रतिमा
ना.
कसैको वास्तविक वा कल्पित रूपअनुसार बनाइएको काठ, माटो, पत्थर, धातु आदिको मूर्ति; अनुकृति ।
पूजा गर्दा कुनै देवताको मूर्तिको प्रतीक स्वरूप राखिएको ढुङ्गा, सुन, चाँदी आदिको टुक्रो; प्रतिमूर्ति ।
कुनै मुख्य पदार्थ वा व्यक्तिका अभावमा त्यस्तै कुनै अर्को पदार्थ वा व्यक्तिको वर्णन गर्दा हुने काव्यालङ्कार ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-036369- मुद्रित पृष्ठ
- 819