शब्दकोश प्रविष्टि
प्रकृति
ना.
व्यक्ति वा वस्तुको मूलभूत विशेषता; व्यक्ति वा वस्तुमा अन्तर्निहित गुण ।
व्यक्ति वा प्राणीको जन्मैदेखि नै लागेको लत, बानी वा स्वभाव ।
अनेक रूपात्मक जगत्को निर्माण तथा विकास गर्ने र त्यसको मूल रूपमा देखापर्ने शक्ति; साङ्ख्यदर्शनअनुसार जगत्का उत्पत्तिको कारणरूप मूलतत्त्व ।
ईश्वरीय लीला; दैवी प्रपञ्च; माया ।
पृथिवी, जल, तेज, वायु र आकाश- यी पञ्च महाभूत ।
राज्यका स्वामी, अमात्य, सुहृदआदि सात अङ्ग ।
कुनै राजाद्वारा शासित जनता; प्रजा ।
शरीरको शीत वा उष्ण स्वभाव ।
व्याकरणमा प्रत्ययभन्दा भिन्न, शब्दको मूल रूप (प्रातिपदिक वा धातु); मूल शब्दको प्रत्ययभन्दा अगिल्तिर रहने भाग ।
एक पाउमा एक्काइस अक्षर हुने छन्दजति सबैलाई बुझाउने शब्द; एक पाउमा एक्काइस अक्षर हुने छन्दको कुनै एक भेद ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-036086- मुद्रित पृष्ठ
- 812