शब्दकोश प्रविष्टि

प्याड

ना.
  1. चिठीपत्र आदि लेख्ने काममा प्रयोग गरिने टाउकामा कार्यालय वा सम्बन्धित व्यक्तिको नाम छापिएको र बाँकी ठाउँ खाली भएको कागत; लेटरप्याड ।

  2. कोटका कुम, बक्रम आदिमा राखिने वा रजस्वला हुँदा नारीले योनिमा राख्ने, रुवोलाई पट्याई बाक्लो पारेको साधन; रुवोको बाक्लो चक्की ।

  3. कुनै कार्यालय आदिसँग सम्बन्धित कागतपत्र आदिमा छाप लगाउनका निम्ति मसीले भिजाएर राखिएको मोटो कपडा आदिको बाक्लो तह; छापदानी ।

व्युत्पत्ति

[अङ्.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-036006
मुद्रित पृष्ठ
809–810