शब्दकोश प्रविष्टि

पेसी

ना.
  1. निर्णयका लागि अदालतसम्मुख मुद्दामामिला आदि प्रस्तुत गर्ने काम; अदालतमा सुनुवाइका लागि दिएको तारिखअनुसार मुद्दा छिन्न न्यायाधीशसमक्ष पेस गर्न लैजाने कार्य ।

  2. कुनै कार्यालयका उच्चाधिकारी कुनै सेनाका अध्यक्ष वा सभामुख आदिका समक्ष कुनै समस्या वा प्रस्ताव लिखित रूपमा पेस गर्ने काम; प्रस्तुतीकरण; अभिमुखीकरण; सम्मुखीकरण ।

व्युत्पत्ति

[फा.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-035667
मुद्रित पृष्ठ
802