शब्दकोश प्रविष्टि

पुरुष२

ना.सर्ववि.
  1. लोग्नेमान्छे ।

  2. लोग्ने ।

  3. मानवजाति ।

  4. भाले जातिको प्राणी ।

  5. साङ्ख्यशास्त्रका अनुसार प्रकृतिदेखि भिन्न, अपरिणामी कर्ता; आत्मा ।

  6. विष्णु ।

  7. जीव ।

  8. व्याकरणशास्त्रको परिभाषाअनुसार सर्वनामको वा क्रियाको कर्ता भेद । वि.

  9. भाले; वीर; आँटी ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-035152
मुद्रित पृष्ठ
790