शब्दकोश प्रविष्टि

पुरस्कार

ना.
  1. कुनै काम गर्ने व्यक्तिलाई सो काम गरेबापत प्रशंसास्वरूप दिइने इनाम; कुनै कठिन वा प्रशंसनीय काम गर्ने व्यक्तिलाई प्रोत्साहनका निम्ति दिइने पारितोषिक ।

  2. राम्रो काम गर्ने व्यक्तिलाई गरिने आदर वा सम्मान ।

  3. राम्रो काम गर्ने व्यक्तिलाई सम्मानित गर्न वा उसको सामाजिक प्रतिष्ठा बढाउन दिइने वस्तु ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-035111
मुद्रित पृष्ठ
789