शब्दकोश प्रविष्टि
पुनर्नवीकरण
ना.
एकपल्ट बिग्रिएको, भत्किएको वा कुनै कारणले मैलो भएको वस्तु वा कुनै मालसामानलाई फेरि नयाँ बनाउने काम ।
म्याद सिद्धिन लागेको वा सिद्धिसकेको सन्धि, सम्झौता आदिलाई फेरि पहिलेको जस्तै रूप वा नयाँ रूप दिने काम ।
संविधानका कुनै धारा वा ऐननियमका कुनै दफामा तोकेको म्याद सकिएर निष्क्रिय भएपछि फेरि घोषणाद्वारा सक्रिय पार्ने काम ।
परिस्थितिवश धमिलिएको वा रोकिएको काम– कुरोलाई नयाँ रूप दिने वा फेरि सुरु गर्ने काम ।
बन्दुक, रेडियो आदिको लाइसेन्सलाई नियमानुसार म्याद थपी फेरि नयाँ रूप दिने काम ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-035058- मुद्रित पृष्ठ
- 787