शब्दकोश प्रविष्टि

पुग्नु

अ.क्रि.
  1. एक ठाउँबाट प्रस्थान गरी अर्को ठाउँमा प्रस्तुत हुनु; कुनै ठाउँबाट हिँडी लक्षित स्थानमा उपस्थित हुनु ।

  2. पठाइएको ठाउँमा पठाइएको कुरा दाखिल हुनु; पहुँचनु ।

  3. कुनै कामका निम्ति मालमत्ता वा वस्तुको परिमाण पर्याप्त हुनु ।

  4. एक अवस्थाबाट अर्को अवस्थामा परिवर्तित हुनु ।

  5. इच्छा गरेको कुरा पूर्ण हुनु; चिताएको कुरा प्राप्त हुनु ।

  6. कसैको दाँजो वा बराबरमा आउनु; कसैको बराबर बन्नु ।

  7. सम्पन्न हुनु ।

व्युत्पत्ति

[सं. प्रापक+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-034847
मुद्रित पृष्ठ
783