शब्दकोश प्रविष्टि

पहेली

ना.
  1. भ्रमात्मक वा घुमाउरो किसिमले दिएको लक्षणका आधारमा कुनै वस्तुको नाउँ वा उत्तर दिनुपर्ने जटिल शब्द वा वाक्य; उत्तर लुकेको प्रश्न; अत्तो; कूट; प्रहेलिका; अड्को ।

  2. हत्तपत्त बुझ्न नसकिने जटिल कुरो; कठिन समस्या ।

  3. गम्भीर रहस्य ।

व्युत्पत्ति

[सं. प्रहेलिका]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-033606
मुद्रित पृष्ठ
756