शब्दकोश प्रविष्टि

परिवृत्ति

ना.
  1. घुम्ने काम; फेरो लगाउने काम ।

  2. घेराइ; बेह्राइ; आवेष्टन ।

  3. अदलबदल; परिवर्तन; बदलाइ ।

  4. सट्टापट्टा; विनिमय ।

  5. घटी र बढी वस्तुको साटफेर भएको वर्णन गर्दा पर्ने एक अर्थालङ्कार ।

  6. एक शब्दका ठाउँमा उही अर्थ व्यक्त गर्न अर्को शब्द प्रयोग गर्ने अर्थात् पर्यायवाची शब्द राख्ने काम । (जस्तो- 'कमललोचन' – का स्थानमा पद्मनयन, 'चरणकमल' – का स्थानमा 'पादपद्म' इ.) ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-033051
मुद्रित पृष्ठ
744