शब्दकोश प्रविष्टि
परिभाषा
ना.
कुनै शब्द वा पदको अर्थ वा भाव निश्चित रूपमा स्पष्ट गर्ने कथन; व्याख्या; लक्षण ।
कुनै कुराको सामान्य गुण र विशेष गुण दुवैको उल्लेख गरी दिइएको परिचय ।
कुनै वस्तुको स्वरूप, गुण, विशेषता आदिको यथार्थ ज्ञान गराउने लक्षण ।
कुनै शास्त्र वा विद्याका क्षेत्रमा विशिष्ट अर्थमा प्रयुक्त हुने शब्द; पारिभाषिक शब्द ।
आफूले प्रयोग गर्नाका निम्ति शास्त्रकारहरूले रचेका विशिष्ट संज्ञा ।
कुराकानी; वार्तालाप ।
टीका; व्याख्या ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-032955- मुद्रित पृष्ठ
- 742