शब्दकोश प्रविष्टि

पद्म

ना.
  1. कमलको फूल ।

  2. कमलको बोट ।

  3. सामुद्रिक शास्त्रअनुसार हत्केला वा पैतालामा हुने सौभाग्यसूचक चिह्न ।

  4. कमलका आकारको विष्णुको एक हतियार ।

  5. कुबेरका नौ खजानामध्ये एक खजानाको नाम ।

  6. हात्तीको सुँड वा गालामा बनाइने चित्र ।

  7. अष्ट नागमध्ये एक ।

  8. अठार पुराणमध्ये एक ।

  9. एक प्रकारको योगासन ।

  10. गणितमा १,००,००,००,००,००,००,००० को सङ्ख्या ।

  11. वास्तु वा मूर्तिमा प्रयोग हुने अङ्गुलको दुई गुना बराबरको नाप; कला एवं कोलक बराबरको नाप; मात्राको दुई गुना बराबरको नाप; अक्षि एवं अश्विनी बराबरको नाप ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-032376
मुद्रित पृष्ठ
729