शब्दकोश प्रविष्टि
पद
ना.
गोडो; खुट्टो, पाउ ।
पाइलो; कदम ।
श्लोकको चरण वा पाउ ।
वाक्यमा व्यवहार गर्न लायक वा व्यवहार गरिएका शब्दको कोटि ।
योग्यता, काम वा महत्त्व का आधारमा निश्चित गरिएको दर्जा; पदवी; उपाधि ।
ठाउँ; स्थान ।
दान गरिने छाता, जुत्ता, लठठी, औँठी, कमण्डलु, पकाउने भाँडा, तामाको भाँडो, जनै, द्रव्य, पकाएको खानेकुरो, काँचो अन्न, आसन र वस्त्र– यी तेह्र थरी वस्तुको समूह ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-032307- मुद्रित पृष्ठ
- 727