शब्दकोश प्रविष्टि
पञ्चाग्नि
ना.
अग्निहोत्रीहरूद्वारा प्रयोग गरिने अन्वाहार्य (पितृकार्यका निम्ति), गार्हपत्य (दैवीवाक्का निम्ति), आहवनीय (हवनका निम्ति), आवसथ्य (गृहकार्यका निम्ति) र पचन (मरणोपरान्त आत्मदाहका निम्ति) गरी पाँच प्रकारका अग्नि ।
तपस्या गर्दा प्रयोग गरिने आफ्ना चारैतिर बालिएका चार अग्नि र आफूमाथिका सूर्यसमेत जम्मा पाँच अग्निको समुदाय ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-031948- मुद्रित पृष्ठ
- 719