शब्दकोश प्रविष्टि
पक्क
क्रि.वि.
हेर्दा आश्चर्यचकित भएर वा अज्ञानतावश टोलाएर; जिल्ल ।
पाप्रो, बोक्रो, भुईँमा दबिएको ढुङ्गो आदि सजिलैसित उक्कने किसिमले; पक्लक्क ।
मुख बाउने गरी ।
बोल्दा सोचविचारै नगरीकन ।
एकाएक मर्ने वा ढल्ने गरी ।
डल्ला आदिले बिस्तारै हिर्काउने किसिमले; प्वाक्क ।
खाद्य पदार्थ हलुका तवरले मुखमा हालेर क्वाप्प; ख्वाप्प ।
व्युत्पत्ति
[अ.मू. पक्+क]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-031608- मुद्रित पृष्ठ
- 711