शब्दकोश प्रविष्टि

नागबेली

ना.वि.
  1. नागको जस्तो आकार परेको नदी, बाटो आदिको आकृति; कुण्डलाकृति ।

  2. छाया र पहाडको खोच भुईँमा हाँगा फाटेर लाम्चिएका ससाना पात हुने, कहिल्यै फल र फूल नलाग्ने, आयुर्वेदअनुसार नसालाई ठिक गर्ने, धातुरोग, बाथ, फोक्सो र मृगौलाको रोगलाई शमन गर्ने गुण बताइएको एक थरी बाङ्गोटिङ्गो लहरो ।

  3. पानको लहरो; नागवल्ली । वि.

  4. सर्पको हिँडाइजस्तो बङ्गोटिङ्गो परेको (रेखा, बुट्टा आदि) ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-029869
मुद्रित पृष्ठ
673