शब्दकोश प्रविष्टि

नाग

ना.वि.
  1. घस्रेर हिँड्ने लम्बाकार विषालु किरो; सर्प; लाम्किरो ।

  2. पुराणमा कश्यपकी पत्नी कद्रूका सन्तान मानिएका वासुकि, तक्षक, कुलिक, कर्कोटक, पद्म, शङ्खचूड, महापद्म र धनञ्जय नामका आठ नाग ।

  3. एक प्राचीन राजवंश ।

  4. एक प्राचीन देश र त्यसमा बस्ने एक जाति । वि.

  5. पर्वतीय; नगमा बस्ने ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-029859
मुद्रित पृष्ठ
673